शुरु भयो प्रशोधित फ्रोजन चिकेनको मेघा ईण्डस्ट्रिज

चिकित्सकको रेखदेखमाचल्ला उत्पादनदेखि मासु उत्पादनसम्म

  • राजेश बर्मा
स्वच्छ र स्वस्थ्य कुखुराको मासु उत्पादन गर्न नेपालमै सबैभन्दा ठूलो कारखाना अर्थात मेघा ईण्डस्ट्रिज नवलपरासीको गैडाकोटमा स्थापना गरिएको छ। गत ०६६ कार्तिक १७ गते स्थापना भएको उक्त  कारखानाले ०६९ असोजबाट आ नो उत्पादन गर्न शुरु  गरेको हो। चितवनका १७ जना उद्यमीको साझेदारीमा 'नेपाल मिट प्रोसेसिङ ईण्डस्ट्रिज प्राईभेट लिमिटेडÓ को नामबाट उक्त कारखाना सञ्चालनमा ल्याइएको हो। 


कारखानाका उपाध्यक्ष कल्याण जोशीका अनुसार यो कारखानामा नेपालकै सबैभन्दा ठूलो क्षमताको अत्याधुनिक प्रविधिसहितको प्लान्ट जडान गरिएको छ । कारखानाबाट हाल उत्पादित फ्रोजन चिकेन मिट, पाग्रा, ससेज, छाति, खुट्टालगायतका पदार्थ (सित भण्डारमा जमाइएका) चितवन र काठमाडौंको बजारमा बिक्रि हुँदै आएको छ।  कारखानाका पशु स्वास्थ्य विज्ञ दयाराम चापागाईले उक्त  कारखानालेे मासुको श्रोत केन्द्र अर्थात चल्ला उत्पादनदेखि नै गुणस्तरमा विशेष ध्यान दिएको छ । कारखानाले विश्वभर सबैभन्दा उपयुक्त  जात मानिएको कप ५०० प्रजातिको कुखुराको ब्रीड ल्याएर किसानमार्फत चल्ला उत्पादन गराएर मासु उत्पादन गर्दैआएको छ।

 चल्ला हुर्काउने किसानलाई दाना पनि कारखानाले नै उपलब्ध गराउछ। गुणस्तरयुक्त  दाना उत्पादन गर्न र चल्ला हुर्काउनका लागि कारखानाले एक ह्रयाचरी र एक दाना उद्योगलाई साझेदार संस्था पनि बनाएको छ । 'कप ५०० जातको कुखुराको खुट्टा सानो र छाती चौडा भएकाले विश्वभर यो जात प्र यात छ,Ó यो जातको कुखुरामा मासु पनि धेरै हुन्छ,Ó उनले भने, 'विश्व वि यात चेन रेष्टुँंरा केएफसी, पिज्जाहट, याकडोनाल्डलगायतका क पनीले पनि यही जात प्रयोग गर्दैआएका छन। हामी पनि सोही जातबाट मासु उत्पादन गर्दैआएका छौं।Ó अन्तर्राष्ट्रिय चेन रेष्टुँराले माग गरेमा उनीहरूकै मापदण्डअनुसारको मासु आपूर्ति गर्न सक्षम रहेको विज्ञ दयाराम चापागाईले जानकारी दिए। यस्ता चेन रेष्टुँराले ब्राजिल, थाइल्याण्ड र भारतबाट मासु आयात गर्दैआएका छन ।
प्रति घण्टा एकहजार सातसय कुखुरा प्रोसेसिङ गरेर मासु तयार पार्ने क्षमताको यो प्लान्टबाट हाल प्रति घण्टा एकहजार २० थान कुखुराबाट मासु तयार पार्ने काम भइरहेको छ। तर बजारमा आलो मासुको माग बढी भएकाले ब्लास्ट प्रविधिबाट उत्पादित स्वच्छ मासुको माग बढ्न सकेको छैन। 'दैनिक दुई मेट्रिक मासु प्रशोधन र बिक्री गर्न सके मात्र हामी नाफ ामा पुग्छौ । त्यसका लागि उपभोक्त ामा जागरण ल्याउने काम गर्दै छौं,Ó क पनीका अध्यक्ष धर्मभक्त अधिकारीले भने,'काठमाडौंमा फ्रेन्चाईजी मार्फत अगाडि बढने योजना छ।Ó 

जोशीका अनुसार प्लान्टमा प्रोसेसिङस बन्धी १० वटा उपकरण जडान गरिएका छन। सफ ा र स्वस्थ्य मासु उत्पादनका लागि एउटा कुखुराले यी दशवटा उपकरणको बाटो पार गर्नुपर्ने हुन्छ। कारखानाको अर्को विशेषता ब्लास्ट प्रविधि पनि एक हो । कुखुराको मासुका लागि पहिलो पटक माइनस ४० डिग्री सेल्सियस क्षमताको ब्लास्ट प्रविधि कारखानाले उपयोगमा ल्याएको छ । 'ब्लास्ट प्रविधिबाट तयार पारिने मासुमा कुनै पनि प्रकारको जिवाणु भेटिदैंन, स्वास्थ्यका लागि फ्रोजन मिट स्वस्थ्यकर मानिएकाले हामीले पहिलो पटक कुखुराको मासुका लागि यो प्रविधि प्रयोगमा ल्याएका छौं,Ó कारखानाका उत्पादन प्रमुख बद्रीप्रसाद खनालले भने। 
चितवनस्थित जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक रामकुमार कार्कीले ब्लास्ट प्रविधिबाट उत्पादित मासु स्वास्थ्यका दृष्टिकोणले उत्तम मानिने जानकारी दिए। उनले भने,'माइनस ४० डिग्री सेन्टीग्रेडमा ब्लास्ट र माईनस १८ डिग्री सेल्सियसमा भण्डारण गरिएको मासु सात महिनास म उपभोग गर्दा पनि स्वास्थ्यलाई कुनै असर गर्दैन। फ्रोजन र ब्लास्ट गरिएको मासु आलो मासुभन्दा स्वस्थ्यवद्र्धक मानिन्छ। आलो मासुमा दर्जनौं प्रकारका रोगका जिवाणु हुन्छ।Ó नेपालमा दैनिक तीनलाख किलो कुखुराको मासु खपत हुने अनुमान छ। यसको दुई तिहाई अर्थात दुई लाख किलो कुखुराको मासु काठमाडौंमा मात्र खपत हुन्छ। नेपाल कुखुराको मासु र अण्डामा आत्मनिर्भर छ । गत मंसीरदेखिको बर्ड लुले कुखुराको मासुको उत्पादन घटेको छ । यस व्यवसायमा अर्बौको लगानी छ । 

उत्पादन प्रक्रिया 
कारखानामा आईएसओ मापदण्ड अनुसारको पन्छी भित्राउने र प्रशोधित मासु बजार पठाउन बेग्लाबेग्लै प्रवेशद्वार छ।  किसानको खोरबाट उद्योगस म कुखुरा ल्याउन चोटपटक कम लाग्ने किसिमको निलो रंगको क्रेट प्रयोग गरिन्छ । ति क्रेटमा ल्याइएका कुखुरालाई मेसिनमा झुण्डयाइन्छ र करेन्टसहितको पानीबाट लठ्ठाउने काम हुन्छ। मुर्छित कुखुरालाई हलाल गरिन्छ।

हलाल भएको कुखुरालाई स्वचालित उपकरणमार्फत तातोपानीको उपकरणमा पठाइन्छ र भुत्लाउने काम हुन्छ। त्यहाँंबाट अर्काे उपकरणमा पठाएर कुखुराको खुट्टा काटिने काम हुन्छ। त्यसपछि कुखुराको भित्री अंग निकाल्ने, सफा पार्ने र चिसो पानीको ट्यांकीमा पठाइन्छ । त्यो ट्यांकीमा कुखुराको तापक्रम चार डिग्री सेल्सियसमा झर्छ । यि सबै काम अटोमेटिक मेसिनले गर्छ । त्यहाँबाट निस्केको कुखुरालाई होल मिटको रूपमा रूपमा वा टुक्रा गरेर उपभोग्य मिति विवरणसहितको प्याकेजिङ गरेर बिक्रिका लागी बजार पठ ाइन्छ। ब्लास्ट गरिएको मासुलाई माईनस ४० डिग्री सेल्सियसको तापक्रममा भण्डारण गरिन्छ। बजारको माग अनुसार माईनस ४० डिग्री सेन्टीग्रेड तापक्रम रहेको विशेष ट्रकमा राखेर बजारमा पु:याइन्छ।

क पनी परिचय
स्थापना: २०६६ कार्तिक १७
उत्पादन आर भ: २०६९ असोज
लगानी: १० करोड
साझेदार: १७ व्यक्ति  र दुई क पनी
बैंक: ग्लोबल आईएमई बैंक
काठमाडौं, ११ कार्तिक 2070

Comments