अब 'बाछी मात्र' जन्मिने बीर्य भित्रिदैं

  • राजेश बर्मा
काठमाडौं: पशु पालनमा गोरू तथा साँढेको उपयोगिता कम हुन थालेपछि सरकारले बाछी मात्र जन्मिने वीर्य (सेक्स सिमेन) भित्र्याउने तयारी गरेको छ । प्रचुर परिमाणमा दूध उत्पादनका लागि बाछाभन्दा बाछी आवश्यक पर्ने भएकाले राष्ट्रिय दूग्ध विकास बोर्डले बाछी मात्र जन्माउन यसप्रकारको बीर्य आयात गर्न लागेको हो।


बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तका अनुसार बोर्डले बाछी मात्र जन्मिने करिब ६ सय मात्रा(डोज) चालु आर्थिक बर्षमा ल्याउन लागेको हो। यो बीर्य अमेरिकाबाट ल्याउन लागिएको हो। उनका अनुसार अहिलेलाई यो बीर्य परीक्षणका लागि ल्याइदैंछ। ठूला गाई पालन फार्म तथा दुग्ध सहकारी संघलाई उपलब्ध गराएर सेक्स सिमेनको सफल परीक्षण पश्चात आगामी आर्थिक बर्षमा बोर्डले थप १० हजार र पशु उत्पादन निर्देशनालयले चारहजार डोज ल्याउने तयारीसमेत गरिएको छ। आगामी आर्थिक बर्षमा यो सिमेन किसानलाई नि: शुल्क रूपमा उपलब्ध गराइने योजना छ।



नेपालमा बैज्ञानिक रूपमा गर्भाधान गरिने पद्धती कार्यान्वयनमा नआएकाले बाछा जन्मिने सं या बढ्दो छ। जसका कारण दूध उत्पादनमा बृद्धि हुन सकेको छैन्। जनसं या बृद्धिसँगै नेपालमा पछिल्लो समयमा दूध उत्पादन हुने समयमा समेत दूधको अभाव हुन थालेपछि सरकारले दूध उत्पादनमा बृद्धि गर्न यो विधिलाई कार्यान्वयनमा ल्याउन लागेको हो। नेपालमा बर्षेनी दूध उत्पादन ४ प्रतिशतले बढेपनि खपत भने ८ प्रतिशतका दरले बढ्दै गएको छ।



उनकाअनुसार अन्य मुलुकमा गोरू र साँढेलाई मासुको रूपमा प्रयोग गरिएपनि नेपालमा धार्मिक आस्था तथा सामाजिक सद्भावका कारण गोरू र साँढे प्रयोगविहिन अवस्थामा छ। गोरूलाई खेत जोत्न तथा साँढेलाई गर्भाधान प्रकृयाका लागि मात्र प्रयोग गरिदैंआएको छ। गाईले बाछा र बाछी करिब समान सं यामा जन्माउने गर्छ। 'नेपालमा बाछाको प्रयोग त्यति सारो छैन्,' उनले भने,'पोथीसँग सहवास गराउने र खेत जोताउने वाहेक अन्य काममा प्रयोग गर्न नपाइने हुँदा बाछामा गरिएको लगानी व्यर्थ देखिएको छ। पोथीमात्रै जन्मिए त्यसले दूध उत्पादनमा प्रचुर परिमाणमा योगदान पु:याउने भएकाले सेक्स सिमेन भित्र्याउन लागिएको हो।'


पशु उत्पादन निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. लोकराज पौडेलका अनुसार गाईमा 'एक्स एक्स' भनेर दुईवटा क्रोमोजोम हुन्छ। यस्तै साँढेमा 'एक्स र वाई' भनेर दुइवटा छुट्टाछुट्टै प्रकृतिको क्रोमोजोम पाइन्छ। साँढेको 'वाई' र गाईको 'एक्स' भन्ने क्रोमोजोम मिलेर बाछा जन्मिन्छ। सेक्स सिमेन पद्धतीअन्तर्गत जटिल प्रक्रियाबाट साँढेको बीर्यमा पाइने दुई छुट्टाछुट्टै क्रोमोजोममध्ये 'वाई' भन्नेलाई झिक्ने काम हुन्छ। 'वाई' भन्ने क्रोमोजोमलाई झिकेपछि साँढेको बीर्यमा 'एक्स' भन्ने र गाईको 'एक्स एक्स' भन्ने बीर्यलाई मिसाएर छुट्टै प्रकारका 'सेक्स सिमेन' तयार गरिन्छ। 'यस्तो सेक्स सिमेनको मा यमबाट गाईलाई गर्भाधान गराउँदा ९५ प्रतिशतस म बाछी मात्रै जन्मिन्छ,' डा. पौडेलले भने,'बढी मात्रामा बाछीमात्रै जन्मिंदा त्यसले दीर्घकालिन रूपमा दूधको उत्पादनमा उल्ले य भूमिका खेल्न सक्छ। नेपालमा आन्तरिक मागअनुसार दूध उत्पादन नहुँदा अहिले भारतबाट आयात गरेर माग पुरा गरिंदै आएको छ।'


निर्देशनालयकाअनुसार चारलाख गाईमा कृत्रिम गर्भाधान गराउँदा त्यसमध्ये ५० प्रतिशतमात्रै सफल हुन्छ। कृत्रिम गर्भाधान गराइएकामध्ये गाईबाट करिब दुईलाखको हाराहारीमा बाछाबाछी जन्मिन्छन्। फेरी यसमध्ये करिब १० प्रतिशत विभिन्न रोग, कुपोषण तथा वातावरणीय समस्याबाट मर्ने स भावना हुन्छ। सबै प्रकृया पार गरेर करिब ९० हजार बाछाबाछी मात्रै पूर्ण रूपमा व्यस्क हुन पाउँछन्। व्यस्क भएका बाछीभन्दा बाछाको सं या धेरै भएकाले प्रचुर परिमाणमा दूधको उत्पादन लिन सकिएको छैन्। कूल ग्राहस्थ उत्पादनमा करिब ९ प्रतिशतले योगदान पु:याउदै आएको दूध क्षेत्रमा करिब १५ अर्बभन्दा बढीको लगानी रहेको बोर्डले जनाएको छ।


बोर्डकाअनुसार बढी उत्पादन हुने कार्तिकदेखि माघस म ११ लाख लिटर दूधको माग हुन्छ। जसमध्ये ८ लाख ७५ हजार लिटर आपूर्ति हुँदै आएको छ। यस्तै कम उत्पादन हुने समय माघदेखि असोजस म ११ लाख लिटरको माग भएपनि छलाख ७५ हजार लिटर मात्र आपूर्ति हुन्छ। उत्पादनको अभावमा मागअनुसार दूध आपूर्ति गर्न दुग्ध विकास संस्थान तथा नीजि क्षेत्रले महँगो मूल्यमा भारतबाट कच्चा र धुलो दूध आयात गर्दैआएको छ। १० लाख २५ हजार दुधालु गाईले चारलाख ९२ हजार तीनसय ७९ मेट्रिक टन तथा १३ लाख ६९ हजार दुधालु भैसीबाट ११ लाख ८८ हजार चारसय ३३ मेट्रिक टन दूध उत्पादन हुँदैआएको छ।
अन्नपूर्ण पोष्ट दैनिकमा २०७१ जेठ १९ गते अर्थतन्त्रको पहिलो पृष्ठमा प्रकाशित

Comments