तरकारी व्यापारी र सुरक्षाकर्मीबीच 'घम्साघम्सी'

उच्च बिषादी भेटिएको बोडी नष्ट

  • राजेश बर्मा

काठमाडौं: कालिमाटी फलफूल तथा तरकारी बजारमा शुक्रबार तरकारी व्यवसायी तथा सुरक्षाकर्मी र अनुगमनकर्ताबीच घ साघ सी भएको छ। तने बोडीमा बिषादीको निषेध दर 'उच्च' भेटिएपछि उक्त तरकारी नष्ट गर्न खोज्दा सुरक्षाकर्मी, कर्मचारी तथा व्यवसायीबीच झण्डै अढाई घण्टास म घ साघ सी भएको थियो। व्यवसायीहरूले बिषादीयुक्त तरकारी नष्ट गर्न नदिन धेरै बेरस म कर्मचारी तथा सुरक्षाकर्मीलाई घेरावन्दी गरेर राखेका थिए। 


बाली संरक्षण निर्देशनालयका निर्देशक डिल्लीराम शर्माकाअनुसार द्रुत बिषादी अवशेष बिश्लेषण इकाईले नियमित परीक्षणको क्रममा सर्लाहीको लालबन्दीबाट ल्याइएको बोडीमा बिषादीको निषेध दर उच्च मात्रामा भेटेको थियो। तरकारीमा किसानले बिषादी हालेकाले खेतबाटै तरकारी नियन्त्रणमा लिएर नष्ट गर्नुपर्ने र नष्ट गरिने तरकारीको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने अडानसहित इकाईस बद्ध कर्मचारी तथा सुरक्षाकर्मीलाई तरकारी नियन्त्रणमा लिन बजारका व्यवसायीहरूले रोक लगाएका थिए।


  रसायन तथा बिषादीका कारण खाद्य प्रयोगशालामा नियमित रुपमा काम गर्ने
रेखा भट्टराई (खनाल), लक्ष्मी मेहेश्वरी शाक्य र मन्जु बासुकलाको मृत्यु भएको हो। भट्टराईको क्यान्सर, शाक्यको ब्लड क्यान्सर र बासुकलाको रसायनिक एलर्जीका कारण मृत्यु भएको हो।

इकाईले काभ्रेको नालाको काउली, धादिङको भिण्डी, दहचोक(काठमाडौं) को गोलभेडा, पालुङको माछे खुर्सानी, चरौंदीको भान्टा तथा सर्लाहीको लालवन्दीबाट ल्याइएको लामो बोडी(तने बोडी) को नमूना लिएर बिहान परीक्षण गरेको थियो। परीक्षणको क्रममा कालिमाटी बजारस्थित कवल न बर ६८३ का व्यवसायी सफिद मियाँले लालवन्दीबाट भित्र्याएको बोडीमा करिब ९८ प्रतिशत बिषादीको निषेध दर भेटिएको थियो। अन्य तरकारीको नमूनामा खानयोग्य भेटिएको इकाईका बरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले जानकारी दिए।




ब्र हदेव यादब र गणेश यादबको नाममा रहेको यादब बहुउद्देश्यीय कृषि फार्मको उक्त कवल(पसल)बाट मियाँले तरकारीको व्यवसाय गर्दैआएका छन्। मियाँले लालवन्दीबाट २५ रूपैयाँ प्रतिकिलोका दरले पाँचसय ५० किलो खरिद गरेर ३६ रूपैयाँ प्रतिकिलो बिक्रि गर्न उक्त बोडी कालिमाटी बजारमा भित्र्याएका थिए। सुरक्षाकर्मीले बजार मूल्यअनुसार करिब २० हजार मूल्यबराबरको उक्त बोडी नियन्त्रणमा लिएको हो।

इकाईका बरिष्ठ अधिकृत सुवेदीकाअनुसार यही साउनदेखि कार्यान्वयनमा ल्याएको 'बिषादी अवशेष द्रुत बिश्लेषण कार्यक्रम सञ्चालन कार्यविधि' ले तरकारीमा बिषादीको निषेध दर ४५ प्रतिशतभन्दा बढी भेटियो भने तत्कालै त्यस्ता तरकारी नष्ट गर्नुपर्ने व्यवस्था गरेको छ। गत असार ४ गतेदेखि परीक्षण गर्न सुरू भएपनि कार्यविधि साउनदेखि मात्र लागु भएकाले उच्च बिषादीयुक्त तरकारी पहिलो पटक नष्ट गरिएको हो।




इकाईको सिफारिशमा मियाँको कवलबाट स पूर्ण बोडी नियन्त्रणमा लिन खोज्दा व्यवसायीहरूको  नाराबाजी, घेरावन्दी तथा ठेलमठेलका कारण सुरक्षाकर्मी सफल हुन नसक्दा महानगरीय प्रहरी बृत कालिमाटीबाट दर्जनौंको सं यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। ठूलो परिमाणमा आएका सुरक्षाकर्मीले बल्ल अपराह्न १ बजे उक्त बोडीलाई आ नो नियन्त्रणमा लिएर कालिमाटीस्थित बृतमा लग्न सफल भएका थिए। आक्रोशित बनेका व्यवसायीले कालिमाटी फलफूल तथा तरकारी बजारको मु य कार्यालयको गेट थुनेर करिब एक घण्टा धर्ना दिदैं उपत्यकामा भित्रिने चारवटा नाका थानकोट, साँगा, फर्पिङ र बालाजुबाट आउने तरकारी केही दिन राजधानीमा भित्र्न नदिने चेतावनी दिएका छन्।

बिषादी 'बिष' नै हो


खाद्य पदार्थमा पाइने कुनै पनि बिषादी मानव स्वास्थ्यका लागि 'बिष' नै भएको बिज्ञहरूले बताएका छन्। बिज्ञहरूले तरकारी, खाद्य पदार्थ, पेयजन्यलगायतमा पाइने सबै प्रकारका बिषादी 'बिष' भएकाले त्यस्ता पदार्थ सेवन गर्न सचेत हुनुपर्ने औल्याए।

उपभोक्ता हित संरक्षण मञ्च तथा खाद्य अधिकारका लागि राष्ट्रिय सञ्जालले संयुक्त रूपमा आयोजना गरेको 'खाद्य पदार्थमा बिषादी अवशेष, परीक्षणको सुरूवात, चुनौती र समाधानका उपायहरू ' बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भएका बिज्ञहरूले अनियन्त्रित रूपमा तरकारीमा प्रयोग हुँदै आएको बिषादीलाई नियन्त्रण गर्न किसानलाई नै सचेत बनाउनुपर्ने सुझाव दिए। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक जीवनप्रभा लामा, कृषि विकास मन्त्रालयका सहसचिबद्वय उत्तम भट्टराई तथा मोहन चापागाई, वालि संरक्षण निर्देशनालयका निर्देशक डिल्लीराम शर्मा, उपभोक्तावादी ज्योती बानिया, वातावरण विभागका महानिर्देशक डा.सुरज पोखरेललगायतले बजारमा भएका सबै प्रकारका तरकारी बिषादीयुक्त नभएपनि उपभोक्ता सचेत हुनुपर्ने बताएका थिए।

रसायन र बिषादीका कारण विगत दशबर्षमा तीन बिज्ञको मृत्यु


खाद्य, तरकारी तथा पेयजन्य पदार्थमा भएको मिसावट तथा बिषादीको बारेमा नियमित रूपमा परीक्षण गर्दैआएका प्रयोगशालका तीनजना कर्मचारीको पछिल्लो दशबर्षको अवधीमा मृत्यु भएको छ। दुईजना कर्मचारी यस्ता रसायन तथा बिषादीका कारण प्रभावित भएर जागिर नै छाडेको खाद्य प्रविधि तथा गुण नियन्यण विभागकी महानिर्देशक जीवनप्रभा लामाले जानकारी दिइन्।

उनकाअनुसार खाद्य विभागको प्रयोगशालामा काम गर्ने रेखा भट्टराई(खनाल), लक्ष्मी मेहेश्वरी शाक्य र मन्जु बासुकलाको मृत्यु भएको हो। भट्टराईको क्यान्सर, शाक्यको ब्लड क्यान्सर र बासुकलाको रसायनिक एलर्जीका कारण मृत्यु भएको हो।

'सधै नियमित रूपमा तरकारी, खाद्य पदार्थ, पेयजन्य, मसलालगायतका पदार्थको विभिन्न रसायन तथा बिषादीको स पर्कमा आइरहेका कारण घातक रोग लागेर मृत्यु भएको चिकित्सकले बताएको थियो,' बिभागकी महानिर्देशक लामाले भनिन,'बिषादी बिष नै हो। यसलाई छुँदा, स पर्कमा आउँदा, श्वास प्रश्वासको माध्यमबाट भित्रि शरीरमा छिर्दा घातक रोग लाग्ने प्रबल स भावना हुन्छ। तसर्थ सकभर बिषादी र रसायनको सुरक्षित रूपमा प्रयोग गर्नुपर्छ।'



उनकाअनुसार प्रयोगशाला अर्का कर्मचारी सुवर्ण चित्रकारले गर्भावस्थामा पनि यस्तै रसायन र बिषादीको नियमित स पर्कका कारण अपाङ बच्चा जन्माएकी थिइन्। त्यस्तै श्रीवास्तव थरका प्रयोगशालाका अर्का कर्मचारीको आँखास बन्धी ग िभर रोग लागेको थियो। 'ति दुवै जनाले पछि जागिर नै छाडेर गएका थिए,' उनले भनिन्।



अन्नपूर्ण पोष्टमा १० साउन, २०७१ मा अर्थतन्त्रको दोश्रो पृष्ठमा मुख्य समाचारमा प्रकाशित
तस्विर : आफै

Comments